site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
​​​​​​​सोमबारदेखि एभरेस्ट महिला भलिबल लिग, यस्तो र प्रशिक्षक र खेलाडीको प्रतिक्रिया
SkywellSkywell

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिग सोमबारदेखि सुरु हुँदै छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेका कभर्ड हलमा हुने प्रतियोगितामा देशभरका विभिन्न सहरका नाममा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सबै टिमका कप्तान तथा प्रशिक्षकले जितको लक्ष्य सुनाए ।

Everest-Vollyball-(3)-1727627846.jpg
प्रतियोगितामा काठमाडौं स्पाइकर्स राष्ट्रिय टिमका मुख्य प्रशिक्षकसमेत रहेका जगदिश भट्टको प्रशिक्षणमा छ । यो टोली राष्ट्रिय टिमकी नियमित सदस्य उषा भण्डारीको कप्तानीमा कोर्ट उत्रने छ ।

Dabur Nepal
NIC Asia

प्रशिक्षक भट्टले प्रतियोगितामा विदेशी खेलाडीको आगमनले सबै खेलहरू प्रतिस्पर्धात्मक बन्ने प्रतिक्रिया दिए ।

Jagadish-1727627853.jpg
“एक प्रशिक्षकको रूपमा टिमलाई विजयी गराउन हरसम्भव तयारी गराएका छौँ । टिम संयमित छ । प्रतियोगिता प्रतिस्पर्धात्मक बन्ने आशा छ । विदेशी खेलाडीको आगमनले टिममा ऊर्जा थपेको छ,” भट्टले भने ।

यस्तै, टिमकी मार्की खेलाडीसमेत रहेकी उषाले पनि प्रतियोगिता प्रतिस्पर्धात्मक हुने बताइन् ।

Usha-1727627852.jpg
पत्रकार सम्मेलनमा ललितपुर क्विन्सका सहायक प्रशिक्षक योगेश हमालले टिमबाट राम्रो प्रदर्शनको अपेक्षा रहेको बताए ।

“थाइल्यान्डबाट तीन खेलाडी आएका छन् । प्रशिक्षण सोचेजसरी गर्न पाएका छैनौँ । तर, टिमले राम्रो प्रदर्शन गर्न अपेक्षा,” उनले भने ।

Everest-Vollyball-(8)-1727627851.jpg
यस्तै, ललितपुरकी मार्की खेलाडी लिबेरो सलिना श्रेष्ठले प्रतियोगिताका निम्ति आफ्नो टिम उत्साहित रहेको बताइन् ।

“थाइल्यान्डका अनुभवी खेलाडी टिमसँग जोडिएका छन् । ट्यालेन्ट हन्टबाट पनि राम्रो खेलाडीको आगमन भएको छ । टिम राम्रो छ । प्रतियोगिताका निम्ति उत्साहित छौँ ।”

प्रतियोगितामा मधेस प्रदेश भरत यादवको प्रशिक्षणमा छ । उनी यस प्रतियोगिताकाले नेपाली भलिबलको विकासमा टेवा पुर्‍याउने बताउँछन् ।

“यस प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्ने आशा छ । यसमा विदेशी खेलाडीको आगमन हुँदा घरेलु खेलाडीलाई राम्रो एक्सपोजर हुने छ,” यादवले भने ।

Everest-Vollyball-(14)-1727627857.jpg
यस्तै, टिमकी मार्की खेलाडी निरुता ठगुन्नाले नेपालमा यसप्रकार लिग हुँदा खेलाडीले प्रदर्शन देखाउने मञ्च पाउने बताइन् ।

गण्डकी थन्डर्सका मुख्य प्रशिक्षक रूपेश विष्टले विदेशी खेलाडीको आगमन हुँदा भलिबलको माहोल नै बेग्लै हुने बताए । 

“हिजोका दिनमा हामी स्थानीय खेलाडीहरूमा सिमित थियौँ । तर, अब विदेशी खेलाडीहरू आएपछि भलिबलको माहोल नै बेग्लै हुने अनुमान गरेका छौँ । खेलाडीहरूका लागि यो एउटा सिक्ने अवसर हो । हेरौँ यो नयाँ सुरुआतले कस्तो परिणाम ल्याउने छ,” उनले भने ।

गण्डकीकी कप्तान सरस्वती चौधरीले लिग विदेशी खेलाडीबाट सिक्ने अवसर भएको बताइन् ।

Everest-Vollyball-(21)-1727627883.jpg
“एकदमै उत्साहित छौँ । भारत, रुस र क्यानडाका समान एक खेलाडीहरू भित्र्याएका छौँ । विदेशी खेलाडीबाट सिक्न पाउँने छौँ, नयाँ खेलाडीहरूले पनि आफूलाई प्रमाणित गर्ने अवसर पाउँदै छन् । खेलको स्तरमा वृद्धि हुन्छ जस्तो लाग्छ,” चौधरीले भनिन् ।

प्रतियोगितामा चितवन शक्ती अर्जुन घिमिरेको प्रशिक्षणमा छ । उनले यो प्रतियोगिता भलिबलमा भविष्य देखिरहेका खेलाडीहरूका लागि भएको बताए । 

“नाम, काम र दामको सुरुआतका रूपमा लिएको छु । भलिबलबाट भविष्य बनाउँछु भन्नेहरूका लागि प्रेरणाको स्रोत हो यो प्रतियोगिता । भारतीय र रुसी खेलाडीले गर्दा टोली बलियो बनेको छ । प्रतियोगिताका लागि उत्साहित छौँ,” घिमिरेले भने ।

Everest-Vollyball-(1)-1727627886.jpg
यस्तै, चितवनी खेलाडी जेनिशा विश्वकर्माले प्रतियोगिताका लागि आफ्नो टिम उत्साहित रहेको बताइन् ।
 
यस्तै, कर्णाली यश्विसका मुख्य प्रशिक्षक कुमार राईले प्रतियोगिताका निम्ति आयोजकलाई धन्यवाद दिए ।

“महिला भलिबलको विकासका लागि यतिको वर्ष लाग्दै गर्दा व्यक्तिगतरूपमा पनि म यसमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । साँच्चिकै अब महिला सशक्तीकरणको पालो आएको छ । खेलमा हार जित स्वाभाविक हो । राम्रा खेलाडीहरू भित्रिएका छन् । हार जित भन्दा पनि महिला भलिबल विकास मेरो पहिलो प्राथमिकता हो,” उनले भने ।

कर्णालीकी मार्की खेलाडी सुमित्रा रेग्मीले टिमबाट राम्रो प्रदर्शनको आशा राखेको बताइन् ।

Everest-Vollyball-(22)-1727627884.jpg

 प्रतियोगिताको उद्घाटन खेलमा सोमबार असोज १४ गते काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्ने छ । खेल दिउँसो ३ः४५ मा सुरु हुने छ । दिनको दोस्रो खेलमा मधेस युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एकअर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुने छन् ।

प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म सञ्चालन तालिका छ ।

Saraswati-Chaudhary-1727627884.jpg

Everest-Vollyball-(18)-1727627880.jpg

Everest-Vollyball-(17)-1727627864.jpg

Everest-Vollyball-(16)-1727627862.jpg

Everest-Vollyball-(15)-1727627858.jpg

Everest-Vollyball-(6)-1727627849.jpg

Everest-Vollyball-(5)-1727627848.jpg

Everest-Vollyball-(4)-1727627847.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro