site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हवाई भाडादरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले हवाई भाडादरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सचिव सुरजकुमार दुराले पठाएको पत्रमा प्रतिकूल परिस्थितिमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा नागरिकलाई असर परेको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाइएको हो ।

“हिन्दुहरूको महान् चाड दसैँको मुखमा आएको यस विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ । यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउदा आमनागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,” पत्रमा भनिएको छ, “तसर्थ, हवाई भाडादरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।”

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्