site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका निम्ति शनिबार बिहान आयोजनाका दुई ढोका खोलिएको थियो । र, पानी बाहिर निकालिएको थियो ।

Dabur Nepal
NIC Asia

बाँध खोलेर जलाशयको पानीलाई निकास दिएपछि जलसतह केही घटेकाले आइतबार ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार, कुलेखानीको जलाशयमा कुल एक हजार ५३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता छ । शनिबार एक हजार ५३१ मिलिमिटर पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका खोलिएको थियो ।

शनिबार साँझदेखि वर्षा रोकिएको र ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार, हाल जलविद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro