site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५९ अधिवक्ताले पाए ‘वरिष्ठ’ उपाधि, चारजना मात्र महिला 

काठमाडौं । नेपाल बार काउन्सिलको सिफारिसमा सर्वोच्च अदालतको फुलकोर्ट बैठकले १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । 

१५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा चारजना मात्र महिला परेका छन् । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम मापदण्ड पुगेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान वगरिएको हो । 

वरिष्ठ अधिवक्ताको उपाधि पाउने महिलामा काठमाडौंकी पूर्णिमा रिमाल, पर्वतकी सरिता शर्मा, मोरङकी कविता बस्नेत र कपिलवस्तुकी विष्णुमाया भुसाल छन् । सरिता र विष्णुमाया नेपाल ल क्याम्पसमा प्राध्यापनरत छन् । 

कानुन व्यवसायी परिषद् ऐनको दफा २१ मा अधिवक्ताले कम्तीमा पेसाको उच्च मर्यादा राखी १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरेको हुनुपर्ने व्यवस्था छ ।
p1-1727421545.jpg

p2-1727421545.jpg

p3-1727421545.jpg

p4-1727421545.jpgp5-1727421822.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro