site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

न्युयोर्क (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा यूएन वुमनले विश्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् ।

साथै, मन्त्री डा. राणाले नेपाल पनि लैंगिक  समानताका क्षेत्रमा यूएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताइन् ।

सो भेटका क्रममा लैंगिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो संघर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा. राणाले उनलाई जानकारी गराएकी थिइन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro