site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको प्रगति विवरण पेस गर्न सर्वोच्चको आदेश
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रगति विवरण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै निर्णय सुनाउने मिति तोकिएको मुद्दा प्रारम्भिक चरणमा फर्किएको छ ।

अदालतले ०६९ मंसिर ११ को अन्तरिम आदेश कार्यान्वयनको प्रगति विवरण मागेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"यसरी, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नू र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनू भनी यस अदालतबाट पटकपटक आदेश भइसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन? नभएको भए के कारणबाट हुन नसकेको हो ?," सर्वोच्चले भनेको छ ।

"साथै, यस सन्दर्भमा पूर्वादेश अनुसार नियमितरूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू ।"

Agni1-1727349397.jpg

Agni2-1727349397.jpg

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्