site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् टर्किस खेलाडी जेनेप आउटर्यान 

काठमाडौं । ‘कर्णाली एश्विज’ टिमबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) २०२४ खेल्न जेनेप आउटर्यान नेपाल आइपुगेकी छन् । टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आइपुगेकी हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कर्णाली एश्विज’ टिमले स्वागत गरेको हो । उनको आगमनसँगै टिममा थप उर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’को विश्वास छ । टर्किस खेलाडी जेनेपलाई केही समयअघिमात्र ‘कर्णाली एश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । आउटसाइड हिटर जेनेप आउटर्यान आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन् । 

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छन् । टर्कीको ‘युथ नेसन्स टिम’ अर्थात ‘युवा राष्ट्र टोली’ को समेत अनुभव लिइसकेकी जेनेपले बेस्ट स्पाईकर अर्वाड(पोर्चुगल) समेत हात पारेकी थिइन् । 

“मेरो विचारमा भलिबल टिम वर्क, समर्पण र प्रेम हो । सिक्न र सिक्नेको लागि निरन्तर इच्छा हो । म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु,” नेपाल ओर्लिएपछि उनले भनिन् । 

रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली एश्विज’ टिममा केही समय अघिमात्रै अर्की खेलाडी ग्याब्रीएल बेन्डा पनि अनुबन्धित भएकी थिइन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । 

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गइरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । 

कर्णालीको टिम : सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro