site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रतिष्ठानको जग्गा फिर्ता गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटीसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटनमा पाण्डेले शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउन नहुने बताए ।

“नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्छु” उनले भने ।

मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । “नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ” उनले भने ।

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीलाई निर्देशन दिए । नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro