site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय विकास सहायता घट्दै, पाँच वर्षमा आठ खर्बभन्दा बढी प्राप्त 

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको अन्तर्राष्ट्रिय विकास सहयोग बर्सेनि घट्दो क्रममा छ । त्यस्तो सहयोग खर्च गर्ने क्षमता नहुँदा नेपालले पाउँदै आएको अन्तर्राष्ट्रिय विकास सहायता ओरालो लागेको हो ।

अर्थ मन्त्रालयले हालै जारी गरेको नयाँ तथ्यांकानुसार, नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहयोग प्राप्त गरेको छ । त्यसमा २२ अर्ब २७ करोड अनुदान र एक खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ ऋण रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालले दुई खर्ब ४६ अर्ब १६ करोड रुपैयाँ अन्तर्राष्ट्रिय वैदेशिक सहायता प्राप्त गरेको थियो । त्यसमा २३ अर्ब १२ करोड अनुदान र एक खर्ब २३ अर्ब १५ करोड रुपैयाँ ऋण थियो ।

अर्थ मन्त्रालयको तथ्यांकानुसार, नेपालले पछिल्लो पाँच वर्षमा आठ खर्ब दुई अर्ब एक करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले एक खर्ब ७३ अर्ब दुई करोड अनुदान र १९ अर्ब १९ करोड ऋण गरी कुल एक खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा नेपालले एक खर्ब ३० अर्ब ८७ करोड अनुदान र २६ अर्ब ७९ करोड ऋण गरी कुल एक खर्ब ५७ अर्ब ६६ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गरेको अर्थको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले एक खर्ब ६० अर्ब नौ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गरेको थियो । त्यसमा एक खर्ब ३५ अर्ब ९४ करोड अनुदान र २४ अर्ब १५ करोड रुपैयाँ ऋण थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro