site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ला लिगामा बार्सिलोनाको शतप्रतिशत जित यात्रा कायमै

काठमाडौं । स्पेनिस ला लिगामा क्याटालन जायन्ट बार्सिलोनाले आफ्नो शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा गेटाफेविरुद्ध १–० को जित निकालेको हो ।

बार्सिलोनाको जितमा फरवार्ड रोवर्ट लेवान्डोवस्की नायक बने । उनले १९औँ मिनेटमा गरेको गोल नै क्याटालन क्लबलाई तीन अंक जोड्न पर्याप्त बन्यो ।

ला लिगामा बार्सिलोनाको यो सातौँ जित हो । तालिकाको शीर्ष स्थानमा आसीन बार्सिलोनाको २१ अंक छ । त्यो दोस्रो स्थानको रियाल मड्रिडको भन्दा चार अंक धेरै हो । रियालले सात खेलबाट १७ अंक जोडेको छ । समान खेलबाट चार अंकको गेटाफे १९औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro