site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’मा
SkywellSkywell

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वर्ल्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त स्मारकलाई ९/११ स्मारकका रूपमा चिनिन्छ ।

सन् २००१ मा अल क्वाइदासम्बद्ध समूहले अपहरण गरेको दुईवटा हवाइजहाज ट्विन टावरमा ठोक्किँदा दुई हजार ९७७ जनाको निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिएकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री ओलीको साथमा राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य तिए ।

प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले घटना र अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro