अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले पेरिस पारालिम्पिक्समा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पलेशा गोबर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।
बैंकले पलेशालाई पाँच लाख एक हजार रुपैयाँ र उनका प्रशिक्षक लामालाई एक लाख हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । पलेशाको तर्फबाट उनका अभिभावकले पुरस्कार रकम ग्रहण गरेका थिउ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ १६:४०
प्रतिक्रिया दिनुहोस्