site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, हिन्दुराष्ट्र चाहिँ हुनुपर्छ : बुद्धिमान तामाङ
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले आफूहरू परम्परावादी शक्ति भए पनि उदार भएको जिकिर गरे ।

"हाम्रो यो पार्टी धर्म, संस्कृति, संस्कार, परम्पराको जगमा गठन भएको हो । यसपछि राष्ट्रियता, प्रजातन्त्र, उदारवाद जुन नारा छ, हामी राष्ट्रवादी हौँ । या प्रजातन्त्रप्रति प्रतिबद्ध छौँ । मान्छेहरूले हामीलाई परम्परावादी शक्ति भन्छन्, हामी लिबरल (उदार) छौँ । हामी अतिवादी धर्मवादी होइनौँ," उनले भने ।

Dabur Nepal
NIC Asia

आफूहरू सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्ने पक्षमा रहेको तर पहिचानका लागि हिन्दुराष्ट्र हुनुपर्ने उनको भनाइ छ ।

"हामी हिन्दुवादी राज्यको कुरा गर्छौं । हामी अतिवादी धर्ममा विश्वास गर्दैनौँ । हामी उदारवादमा विश्वास गर्छौं । सबैलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ । पहिचानलाई हिन्दुराष्ट्र हुनुपर्छ भनेर हामी अगाडि बढेका छौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro