site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ महिला च्याम्पियनसिपका निम्ति ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । घरेलु मैदानमा हुने साफ महिला च्याम्पिनयसिपका निम्ति बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी समावेश भएका छन् । नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका निम्ति मंगलबार ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले आगामी अगस्ट १७–३० सम्म घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको आयोजना गर्दै छ । यसअघि, सन् २०२२ को संस्करण पनि नेपालले दशरथ रंगशालामा आयोजना गरेको थियो । त्यतिबेला फाइनलसम्म पुगे पनि नेपाली टिम बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

Argakhachi Cement Island Ad

प्रारम्भिक प्रशिक्षणमा डाकिएकामध्ये गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल भने हाल विदेशी लिग खेलिरहेका छन् । सावित्रा फ्रान्स, एन्जिला ग्रिस र रेखा युनाइटेड अरब इमिरेट्स (यूएई) को क्लबमा आबद्ध छन् ।

नेपालको प्रारम्भिक टिम

एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, शुशिला चौधरी, कुस्मा राई र सुनिता भोलन ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्