site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

सत्ता र शक्तिको दुरुपयोग विभिन्नरूपमा प्रकट हुन्छ । सत्ताका आडमा गरिने राज्यको दोहन गर्ने प्रवृत्ति पनि दुरुपयोगको एउटा प्रवृत्ति हो । नेपालका प्रायः सबै राजनीतिक दलमा सत्ताको दुरुपयोग गरेर राज्यको दोहन गर्नेहरूको पहुँच र प्रभावमात्र होइन प्रभुत्वसमेत रहेको अनेकौं दृष्टान्त देखिएका छन् ।

सहकारी संस्थामा जनसाधारणले बचत गरेको रकम ठगीको घटना होस् वा सुनदेखि नुनसम्मको तस्करीको अपराध होस् राजनीति गर्नेहरूको संरक्षणमा हुनेगरेको छ ।  सम्भवतः नेपालका शासकहरूको खोपीमा जति अपराधीको सहज पहुँच अन्यत्र कतै पनि हुँदैन ।  यस्ता अपराधी सजिलै सजायबाट उम्कनु अर्को दुःखद विडम्बना हो ।

Dabur Nepal
NIC Asia

नेपालको राजनीतिक वृत्तमा तस्कर र ठगहरूको जत्तिकै प्रभाव र उपस्थिति ‘कामचोर ठेकेदार’हरूको पनि देखिन्छ । संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीमध्ये कति जना निर्माण व्यवसायमा पनि छन् भन्ने भरपर्दो तथ्याङ्क त कतै नहोला तर सुशासनका लागि यो प्रवृत्ति महारोग नै बन्न पुगेको छ ।

कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाका केही सडक प्रतिनिधि सभा सदस्यहरूले ठेक्का लिएकै कारण विगत केही वर्षदेखि अलपत्र हुँदा पनि नियामक निकाय मूकदर्शक भएका छन् । निर्माण कार्य सम्पन्न गराउन अवलम्बन गर्न सकिने विभिन्न कानुनी उपाय भए पनि ठेकेदारको राजनीतिक शक्तिका कसैले पनि कारबाही गरेको छैन ।

शासनमा ‘स्वार्थको बझान’लाई उपेक्षा गरिएपछि हुने यस्तै सत्ताको दुरुपयोग नै हो । चुनाव जित्नैका लागि राजनीतिक दलका नेताहरूले बाहुबली र नवकुवेरहरूलाई उमेदवार बनाउन थालेपछि यस्तो विकृति बढ्ने नै भयो । हेक्का रहोस् १ चुनाव जित्नका यस्तै ‘अराजनीतिक’ उपाय अपनाउन थाल्ने हो भने छिटै नै राजनीतिक नेताहरू स्वयं विस्थापित हुनेछन् ।

शासकहरूले सम्पत्तिको लोभ गरे भने सत्ताको दुरुपयोग सुरु हुन्छ । पूर्वका चाणक्य वा पश्चिमका प्लेटोजस्ता राजनीतिक चिन्तकहरूले शासक सम्पत्तिका मामिलामा ‘जोगी’ हुनुपर्छ भनेका थिए । अहिले त्यसो भन्नु त अव्यावहारिक होला तर राजनीतिकर्मीले व्यवसाय गर्ने हो भने पदको दुरुपयोग गर्नु हुँदैन । 
 
देशमा अहिले देखिएको बेथिति, अराजकता र भ्रष्टाचार हेर्दा स्थितिमा तत्काल परिवर्तन नहुने हो भने देश निकै कठिन अवस्थामा पुग्ने लक्षण देखिएको छ । देशलाई यस दुरवस्थाबाट मुक्त गर्ने दायित्व राजनीतिक नेतृत्वकै हो । सामर्थ्य पनि उनीहरूसँगै छ । यसैले राजनीतिमा देखिएको अपसंस्कार अन्त्य गर्ने दायित्व बोध शीर्ष नेताहरूले गरून् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro