site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई महिनामा साढे दुई खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात, २५ अर्बको निर्यात
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तर, सोही अवधिमा २५ अर्ब नौ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

गत आर्थिक वर्षको दुई महिनामा आयात भएको तुलनामा यो वर्षको सोही अवधिमा आयात १.०८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

त्यस्तै, गत वर्षको साउन र भदौमा भएको निर्यातको तुलनामा यो वर्षको सोही अवधिमा निर्यात ५.१२ प्रतिशतले घटेको छ ।

आयात बढ्दा र निर्यात घट्दा देशको व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा मात्र नेपालको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको भदौ मसान्तसम्म देशको व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ थियो ।

विभागका अनुसार भदौ मसान्तसम्म नेपालको वैदेशिक व्यापार कुल दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको भदौसम्म यस्तो व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro