काठमाडौं । रोयल इनफिल्डको नेपालका निम्ति आधिकारिक वितरक अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेको छ । प्रत्येक वर्ष विश्वका ५० बढी देशका ५०० भन्दा धेरै सहरमा एक हजार बढी राइडबाट ३० हजारभन्दा धेरै राइडर्सले एकसाथ वान राइड गर्ने गरेको कम्पनीले जनाएको छ ।
नेपालमा यही असोज ६ गते बिहान ८ बजे नक्सालस्थित रोयल इनफिल्ड शो रुमबाट सुरु भएर गोदावरी पुगेर राइड समापन गरिएको कम्पनीले जनाएको छ । राइड कार्यक्रममा सहभागीलाई सडक सुरक्षाबारे जनचेतनामूलक जानकारी दिइएको अल्फा अटोमोटिभले जनाएको छ ।
काठमाडौंलगायत नेपालका १७ मुख्य सहरमा ४५० भन्दा बढी राइडर वान राइडमा सहभागी भएका बताइएको छ । यसरी देशको आन्तरिक पर्यटनमा योगदान गर्नुका .साथै गोदावरीमा रहेको पथप्रदर्शक माविका विद्यार्थीलाई खेलकुद सामग्री र ५० हजार रुपैयाँ नगद वितरण गरिएको कम्पनीले जनाएको छ ।
वान राइडमा काठमाडौंका रोयल इनफिल्ड हिमालयन ४५०, क्लासिक ३५०, मेटिअर ३५०, हिमालयन स्क्र्याम ४११, हन्टर ३५० मोटरसाइकलका १२५ भन्दा धेरै सहभागी भएका कम्पनीले जनाएको छ ।