site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
Argakhachi Cement Island Ad

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । उक्त साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसका लागि आइतबार हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी जतिसक्दो छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष गोल्छाले बताएका छन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्