site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'र्‍याली अफ हिमालयज'मा दीपक साहले रोयल इन्फिल्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं । राइडर दीपककुमार साहले र्‍याली अफ हिमालयजको चौथो संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

यसै असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना हुने र्‍यालीमा साहले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्ने रोयल इन्फिल्ड नेपालले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो र्‍याली रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गका लागि प्रसिद्ध रहेको बताइएको छ ।

साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउने भएका छन् । कम्पनीका अनुसार यो स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ।

अन्तर्राष्ट्रिय इभेन्टका रूपमा रहेको र्‍याली अफ हिमालयजले संसारभरका शीर्ष राइडरलाई आकर्षित गर्ने र राइडरको सिप र मेसिनको सहनशीलतालाई पृथ्वीको चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।

साहले यो प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा सम्मानित महसुस गरेको बताएका छन् । उनले नेपाललाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहेको बताए ।

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएको कम्पनीले जनाएको छ । उनका बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल रहेको र त्यसैले उनलाई पनि रोयल इन्फिल्डप्रति आकर्षण रहेका कम्पनीले जनाएको छ ।

दीपक साह सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयजमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयज र्‍याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro