site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरिएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकबाट न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा (एमाले)का तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन्  ।

कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईसहित संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ छन् ।

कार्यदललाई प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न यही असोज २३ गतेसम्मको समय दिइएको एमाले कोसी संसदीय दलका प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तीलकुमार मेयाङ्बोलगायत प्रदेशसभा सदस्य सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro