site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाडीमा चिनियाँ सफ्टवेयर र हार्डवेयरको प्रयोगमा प्रतिबन्ध गर्दै अमेरिका

काठमाडौं । अमेरिकाले त्यहाँका गाडीमा चिनियाँ सफ्टवेयरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वाणिज्य विभागले ‘केनक्टेड’ तथा ‘अटोनोमस–स्वचालित’ गाडीमा चिनियाँ सफ्टवेयर र हार्डवेयरको प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षाको खतारालाई लिएर प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ । चिनियाँ कम्पनीले इन्टरनेट र नेभिगेसन प्रणालीजडित गाडीमा निगरानी र ड्राइभर तथा पूर्वाधारको डाटा संकलन गर्ने चिन्ता बाइडेन प्रशासनको छ ।

यो प्रतिबन्धले महत्त्वपूर्ण सञ्चार, स्वचालित ड्राइभिङ सिस्टम सफ्टेवयर तथा हार्डवेयर भएका चिनियाँ गाडीको आयात र बिक्रीमा रोक लगाउनेछ । यो कदमलाई चिनियाँ गाडी, सफ्टवेयर तथा कम्पोनेन्टमा अमेरिकी प्रतिबन्धको थप निरन्तरताका रूपमा हेरिएको छ ।

गएको साता मात्र बाइडेन प्रशासनले चीनबाट गरिने आयातमा कर बढाएको छ । ईभी गाडीमा १०० प्रतिशत कर तोकिएको छ । ब्याट्री र महत्त्वपूर्ण खनिजको आयातमा पनि कर बढाइएको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro