site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समावेशिताको धज्जी, संघीयतामा बाधा, गणतन्त्र जनतामा पुगेन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

संविधानविद् डा. विपिन अधिकारी संविधान निर्माणका बखत कन्स्टिच्युशनल वाच ग्रुपमार्फत सक्रिय रहेका  थिए ।  संविधानको खाका प्रस्तुत गर्नेदेखि संविधान निर्माणका बेला समितिका छलफलमा उपस्थित भएर सुझाव दिने र सार्वजनिक माध्यमबाट दबाब दिनेसम्मको भूमिकामा थिए । 
संघीयता, गणतन्त्र र समावेशितालाई यो संविधानका मुलभूत विशेषता मान्ने उनी जनतालाई गणतन्त्र नआएको, संघीयता कार्यान्वयनको गति धिमा भएको बुझाइमा छन् भने समावेशिताको धज्जी उडाइएको बुझाइमा छन् । प्रस्तुत छ, संविधान संशोधन र यसको कार्यान्वयनलगायतका विषयमा संविधानविद् डा. अधिकारीसँग रमेश वाग्लेले गरेको संक्षिप्त संवाद– 

  

–संविधान बनेको नौ वर्ष पूरा भयो । यसको कन्टेन्ट र कार्यान्वयन हेर्दा यो संविधानलाई कस्तो संविधान भन्ने ? 

यो संविधानलाई राम्रो संविधान भनेर नै हेर्नुपर्छ ।  संरचनागत रुपमा राम्रो हो । त्यसलाई  इलावरेसन गर्ने भन्छन् कानुन बनाएर कार्यान्वयनको बाटो तय गर्ने कुराहरुमा कमी कमजोरी छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, संविधान जुन रुपमा आएको छ, त्यसले सबैलाई समेटेर लैजान सकेको छैन । संविधानको विरोध नगन्य छ । संविधान जारी हुँदा मुलुकभित्र जुन गतिरोध थियो अहिले त्यो पनि छैन । संविधानको सपथ लिएरै मानिसले संविधान सुधारको कुरा गरिरहेका छन् यो संविधानको सफलता हो । 

संविधान कार्यान्वयन सम्बन्धी काम कारवाहीमा एउटा स्तरको संचरनागत परिवर्तनहरू पनि भएका छन् । 

Royal Enfield Island Ad

तर, अब चाहिँ त्यसले पुग्दैन । जुन किसिमका कानुन बनाइएको छ, जस्ता किसिमका व्यवहार अपनाइएको छ, जसरी हामी अगाडि बढेका छौँ, त्यो सबैलाई अब मूल्यांकन गर्ने बेला हो यो । किनभने हाम्रो काम गराइमा धेरै किसिमका टिप्पणीहरू छन् । त्यसको बारेमा प्रोपर मूल्यांकन भएन भने संविधान राम्रो भए पनि यसले जुन बाटो तय गर्नुपर्छ त्यसमा स्पष्ट नभएको प्रतीत हुन सक्छ । त्यसमा  सोच्नुपर्ने अवस्था चाहिँ छ । 

–संविधानमा ३१ वटा त मौलिक हक छन् । तर, मानिसको गास बास, कपास, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधाभूत क्षेत्र नै व्यवस्थित हुन सकेका छैनन् । निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवासमेत कार्यान्वयन हुन नसक्ने अवस्थामा संविधानले कसरी कार्यान्वयन हुन सक्छ ? 

संविधानले दिएका मौलिक हकहरु छन् तिनलाई कार्यान्वयन गर्नका लागि जुन ऐनहरु आएका छन् ती ऐनहरुले सम्बन्धित क्षेत्र चाहे शिक्षा हो, चाहे स्वास्थ्य होस्, चाहे सरकारले दिने सुरक्षा हो ।  सरकारबाट, ऐनबाट ग्यारेन्टी गरिएका जे कुराहरु छन् हो त्यसमा न्युनतम प्राथमिकता हुन सक्छ ।

त्यो भनेको हामीसँग सम्बद्ध क्षेत्र त एकदमै ठूलो छ, हामीले कसलाई प्राथमिकता दिन्छौँ, कसलाई चाहिँ हामीले समाजको सबैभन्दा असुरक्षित, सबैभन्दा कमजोर सबैभन्दा सिमान्तकृत र जसले धेरै लामो समयदेखि सेवा र सुविधा पाएको छैन, त्यसलाई हामीले सबैभन्दा अगाडि राज्यको संरक्षण कसरी दिन्छौँ भन्ने कुरामा चाहिँ कमी कमजोरी छ । वीर अस्पतालको लाइन, महाराजगंजको शिक्षण अस्पतालका लाइनले सरकारले दिनसक्ने सुविधाहरु दिन सकेको छैन । 

संविधानमा जुन मौलिक अधिकार भनिएको छ त्यो केवल भनिदिएर पुग्दैन । 

–सामुदायिक शिक्षाको गुणस्तर खस्किँदो छ । निःशुल्क शिक्षाको नारा लागेकै छ । निजी क्षेत्रमा भन्दा धेरै ठूलो लगानी सरकारको सामुदायिक शिक्षामा छ तर, त्यसलाई कसरी मापदण्डसहितको गुणस्तर कायम गर्ने भन्ने बहस त दलहरुमा देखिँदैन । सुधार कसरी होला ? 

हो, राजनीतिक दलहरुमा बहस भएको देखिँदैन । र, त्यो भन्दा पनि ठूलो कुरो शिक्षा स्वास्थ्य जस्ता विषयमा तीनै तहका सरकारहरुको भूमिका छ । 

त्यो भूमिकालाई मौलिक अधिकारसम्बन्धी कानुनहरु छन् ती कानुनहरुले कुन तहको सरकारको भूमिका के हुन्छ, कति हदसम्म उनीहरुको क्षेत्र हो र कसले कुन हदसम्म आफ्नो क्षेत्रमा क्रियाशील रहनुपर्दछ, जिम्मेवारी लिनु पर्दछ भन्ने बारेमा स्पष्टता छैन । 

–यो संविधानको सफलता सम्भव हुन्छ वा अहिले देखिएजस्तो संघले कानुन नबनाइदिने, प्रदेशलाई अधिकार नदिने र प्रदेश र स्थानीय तहले पनि आफू अनुकूलका काम गर्दै जाने तर, सामूहिक रुपमा अधिकार नमाग्ने कुराले हामीलाई दुर्घटनामा त पुर्‍याउँदैन ? 

दुर्घटनामा पुर्‍याउला नपुर्‍याउला । तर, जे कुरालाई रुपान्तरण, परिवर्तन भनियो त्यसलाई प्राप्त गर्ने तरिका त संविधानसम्मत हुनुपर्‍यो । संविधानसम्मत नहुँदाको पहिलो परिणाम भनेको नागरिक निराशा हो– मान्छेलाई यो देशमा केही पनि हुँदैन भन्ने ।

त्यसले नागरिक कर्तव्य निर्वाह गर्नुपर्ने नागरिकलाई विमुख बनाउँछ । दोस्रो कुरा, भएका कामहरुले पनि परिणाम दिन सक्दैनन् । किनभने त्यो कुरा तीनवटै तहका सरकारको सामूहिक इच्छाअनुसार भएको छैन । र, गरिएको खर्चले साझा गन्तव्य पहिचान हुन सकेको छैन । 

–कार्यान्वयनकर्तालाई के सुझाव दिनुहुन्छ ? 

कार्यान्वयन गर्नेमध्ये खास गरेर संघीय सरकारले यो संघीयतालाई कार्यान्वयन गर्ने जिम्मेवारी आफ्नो हो भनेर बुझ्नुपर्‍यो । उसैले नै प्रदेशहरुलाई सम्पन्न बनाउन पहल गर्ने, प्रदेशलाई सहयोग पुग्ने कानुन बनाउने, स्वायत्त भएर काम गर्न पृष्ठपोषण गर्ने, उसको क्षमता विकासका लागि अवसरहरु प्रदान गर्ने, जहाँ–जहाँ उनीहरुलाई अप्ठेरो परेको छ । त्यहाँ–त्यहाँ उनीहरुका लागि संघीय सरकार दाहिना भइदिनुपर्छ । 

प्रदेशले त्यही काम स्थानीय सरकारका लागि गर्ने हो ।  तर, प्रदेश र स्थानीय सरकारबीच कुनै किसिमको पनि सहकार्य छैन । न त योजना निर्माणको हकमा न त कार्यान्वयनको हकमा ।  एउटै सडकमा संघले पनि काम गरिरहेको हुन्छ, प्रदेशले पनि काम गरिरहेको हुन्छ, स्थानीय सरकारले पनि काम गरिरहेको हुन्छ । 

तर, उनीहरु साझा मञ्चमा बसेर यसलाई हामीले टुंग्याउनलाई कसरी जिम्मेवारी बाडफाँट गर्ने त, तपाईं हाम्रो प्राथमिकता यो–यो हो भनेर उनीहरुले सोच्न र काम गर्न सकेको अवस्था देखिँदैन ।

–संविधान कार्यान्वयनको सबैभन्दा ठूलो समस्या के हो ? 

सबैभन्दा ठूलो कुरा संघीयता संविधानमा छ, व्यवहारमा ल्याउन नचाहने मान्छे धेरै भए । संघीयता कि त ल्याउनै हुँदैनथ्यो, ल्याइसकेपछि त्यसलाई ‘फ्रस्टेसन’को कारण बन्न दिनुहुँदैन । 

कार्यान्वयन गरेर सफल बनाउने त्यो उत्तरदायित्व बहन हुनुपर्‍यो । त्यो सफल भएपछि मात्र प्रदेश र स्थानीय सरकारको आफ्नै किसिमका प्रक्रियाहरु सुरु हुन्छन् । उनीहरुले राम्ररी कामै गर्न पाएका छैनन् । 

–संविधान संशोधनको विषय बहसमा आएको छ, केमा संशोधन गर्ने ? 

यो संविधानका तीनवटा पिलर छन् । हामीकहाँ प्रजातान्त्रिक संविधान पहिले पनि थियो । तर, तर त्यसलाई द्वन्द्वले काम गर्न दिएन । त्यही द्वन्द्वरत पक्षलाई पनि समावेश गर्न त्यो संविधान फालिएको हो । र, नयाँ संविधान ल्याएको हो । 

यो संविधान तीनवटा पिलरका लागि ल्याइयो । संघीयता, गणतन्त्र र समावेशिता । देश गणतन्त्रमा गयो तर जनता सर्वेसर्वा भएनन् ।

आवधिक चुनाव त हुन्छ तर, जनता किन सर्वेसर्वा भएनन् भने जसले चुनाव हार्छ उसले सरकारको नेतृत्व गरेको छ । लगातार नौ वर्ष जसले निर्वाचनबाट म्यान्डेट पायो, त्यो किनारा लाग्नुपर्ने परिस्थिति चल्दै आएको छ ।
नेतृत्वले जनताको भाषा बोल्न नै समस्या देखिएको छ । 

गणतन्त्र भनिएको छ तर जनताको तन्त्र छैन । जनता नै किनारा लाग्ने अवस्था आइलागेको छ ।  बाँकी रह्यो संघीयता । संघीयता नै यो संविधानले ल्याएको सबैभन्दा ठूलो परिवर्तन हो । त्यसमा नै सबैभन्दा ठूलो वितृष्णा छ, मान्छेहरुलाई त्यसलाई कार्यान्वयन हुन दिएका छैनन् । संरचना बनेको छ तर, त्यो संरचना उभो लाग्नलाई जुन नरम चरित्रको विकास हुननुपर्ने थियो । 

अर्को पिलर समावेशिकरणको त धज्जी उडेको छ यो देशमा । समावेशिकरण केलाई भन्ने, बाहुन क्षेत्रीले यो भाषा बोल्दैनन् । संविधानले दिएको मापदण्डहरुमा कुनै कमजोरी छैन । तर, यत्रा राजनीतिक नियुक्तिहरु हुन्छन् खोइ समावेशी प्रतिनिधित्व ? सरकारमा समावेशिता भेटिँदैन । प्रदेश प्रमुखदेखि राजदूत नियुक्तिसम्म पनि भेटिँदैन ।

तीनवटै मुख्य पिलरमा देखिएका कमजोरी सच्याउने सरकार चाहिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro