site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीएफ मोटो तथा जिहोको दसैँ अफर, बाइक र स्कुटर खरिदमा २० हजारसम्म छुट

काठमाडाैं । मोटरसाइकल ब्रान्ड सीएफ मोटो तथा विद्युतीय स्कुटर जिहोले दसैँ तिहार योजना सार्वजनिक गरेको छ । कम्पनीकाे नेपालका लागि आधिकारिक विक्रेता रिलायन्स समूहअन्तर्गतको ऋषि ट्रेड सेन्टरले दसैँ अफर सार्वजनिक गरेकाे हाे ।

हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहुप्रतीक्षित र सबैभन्दा रुचाइएको सीएफ माेटाेको ४५० एमटी बाइकको खरिदमा एलएस२ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ । ४५० एमटीको अग्रिम बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, सीएपफ मोटोअन्तर्गतको २५० एनके तथा ३०० एनकेको खरिदमा १८ हजार सम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीकाे भनाइ छ ।

स्कुटरतर्फ कम्पनीले एई४ मोडलको खरिदमा १८ हजारसम्मको क्यासब्याक अफर राखिएको बताएकाे छ ।

यस्तै, एई६ प्लसकाे खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनोट गर्न सकिने छ । एई८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजसँगै १० हजारको नगद छुट पनि राखिएको बताइएकाे छ ।

अफर १ असोजदेखि २५ कार्तिक २०८१ सम्म रहने कम्पनीले जनाएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro