site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अपव्याख्या गरियो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । 

मंगलबार रास्वपाको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्य समेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता नभेटिएको उल्लेख गरे । “कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अपव्याख्या गर्न थालिएको छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

खनालले सहकारी प्रकरणमा सरोकारवाला संस्थामा सबै संयन्त्र परिचालन गर्दा पनि लामिछानेबाट एक रुपैयाँ पनि अपचलन भएको नदेखिएको धारणा राखे । 

"गोर्खा मिडियामा पैसा ल्याउन समेत रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष छ । गोर्खा मिडियाले खर्च गर्दा लामिछानेसहितबाट केही कैफियत गरेका भए अब सरकारले सहकारी कानुन नभइ कम्पनी कानुनअनुसार त्यसले गरेको खर्चबारे अनुसन्धान गर्न सक्छ," उनले भने ।

समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको देखिएको बताए । रास्वपाको काम अपचलन गर्नेको खोजी र उनीहरूलाई कारबाहीको दबाब दिनु रहेको उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro