site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘गोर्खा मिडियामा *६५ करोड सहकारीबाटै’
फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको छ । नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वमा बनाइएको सात सदस्यीय छानबिन समितिले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन संसद्‌मा बुझाएको हो ।

समितिका तर्फबाट सभापति थापाले पेस गरेको प्रतिवेदन कार्यान्वयनका निम्ति सरकारसमक्ष पठाउन सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

बैठकमा त्यसअघि सभापति थापाले समितिले तथ्यमा टेकेर सत्यको खोजी गरी प्रतिवेदन तयार पारेको बताए । समितिका ५६ बैठक बसेको, ४०० बढी व्यक्तिसँग छलफल र प्राप्त उजुरीको पनि अध्ययन गरेको उनले जानकारी गराए ।

थापाले भने, “समितिमा प्राप्त भएका उजुरीहरू र गुनासोको सकेका छानबिन र अनुसन्धान गर्‍यौँ,” उनले भने ।

उनले समितिले सहकारीको अवधारणा, यसको विकास र समस्याका विषयमा जानकारी हासिल गरेको पनि बताए । “सहकारीको वित्तीय विश्लेषण गरेको छ, जुन साँच्चिकै असहज अवस्थामा गुज्रिएको छ । सहकारीहरू बचत अपचलनबाट समस्यामा गुज्रिएका हुन्,” थापाले भने, “अध्ययनमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा सबैभन्दा धेरै समस्या छ । सहकारीहरूले ऋणको धितो सकार्दा ऋण मूल्यमै लिलाम गर्ने  गरेकाले बचतकर्ताको बचत अपचलन भएको छ ।”

अपचलन गरिएको बचत अरू बैंकमा सार्ने र गैरबैंकिङ क्षेत्रमा पुर्‍याउने गरेको देखिएको उनले उल्लेख गरे । उनले गैरबैंकिङ क्षेत्रमा पुगेको बचत फिर्ता गर्न कठिन अवस्था देखिएको सुनाए ।

गोर्खा मिडियामा लगिएको सहकारीको बचतको मुख्य विषयले समिति गठन गरिएको थियो । त्यसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको संलग्नताको आशंका गरिएको थियो । त्यसबारे थापाले एउटा मात्र वाक्य भनेर टुंग्याए ।

“गोर्खा मिडियामा प्रवाह भएको सबै रकम *६५ करोड सहकारीबाटै प्रवाह भएको छ,” थापाले भने, “सहकारी क्षेत्रबाहेकको रकम त्यहाँ प्रवाह भएको छैन ।”

*६५ हुनुपर्नेमा यसअघि ८५ भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro