site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीले भारत र चीनलाई इंगित गर्दै भने– छुद्र छिमेकी बन्न चाहन्नौँ
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् । 

अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन जानुअघि सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

KFC Island Ad
NIC Asia

“असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छौँ । छुद्र, जाली छिमेकी होइन । असल छिमेकीको रूपमा, अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने भएर बस्न चाहन्छौँ । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने । 

सम्बोधनका क्रममा आफू राष्ट्रसंघमा सहभागी हुनेबारे जानकारी गराउन सदनमा आएको उनले बताए ।  “नेपालका आफ्ना दृष्टिकोण, अडान, समस्या, उपलब्धि छन् । अगाडि बढ्नुपर्ने अभिभारा छन् । हामी के प्रयास गरिरहेका छौँ यस सन्दर्भमा त्यो कुरा विश्वलाई जानकारी गराउने छौँ । बाह्य समाजसँग कसरी हातेमालो गरेर अघि बढ्ने भन्ने नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु,” उनले भने ।

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र स्वाधिन राष्ट्र भएकोले यसको राष्ट्रिय गौरवलाई अझ माथि उठाउने काम आफूबाट हुने उनले जनाए ।

आफ्ना जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरा, रक्षा, सम्वर्द्धन गर्ने कुरामा राष्ट्र हितलाई तलमाथि पर्न नदिने प्रतिबद्धता राष्ट्रसंघमा जनाउने उनले बताए ।

कसैसँग छैन शत्रुता, सबैसँग छ मित्रता भन्ने नीतिबाट नेपाल निर्देशित रहेको प्रधानमन्त्री ओलीले बताए । “संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलन सिद्धान्तहरू, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतमा हुने हस्तक्षेप पनि अस्विकार गर्ने नेपालको स्थापित नीति छ ।  यो कुरा म संयुक्त राष्ट्रसंघमा राख्नेछु,” प्रधानमन्त्री ओलीले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro