site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
इन्फा अवार्ड : कसलाई कुन अवार्ड ?
SkywellSkywell

काठमाडौं । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लन्डनमा सम्पन्न भएको छ । चलचित्रमा अनमोल केसी ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारीले ‘प्रसाद–२’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् ।
 
‘जारी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड ‘दिमाग खराब’बाट आकाश बरालले हात पारेका छन् । 

‘प्रसाद–२’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छांयाकार ‘प्रसाद–२’ बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपूत सर्वोत्कृष्ट संगीतकार ‘बोक्सीको घर’ (बुझिन मैले), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी)बाट घोषित भएका छन् । 

Dabur Nepal
NIC Asia

समीक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले)बाट सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरेँ)ले अवार्ड हात पारेका छन् । 

वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले ‘जारी’बाट जितेका छन् । यही चलचित्रबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड जितेकी छन् । 

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का र सुपला सापकोटा ‘बोक्सीको घर’बाट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । 

पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जितेका छन् । पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङले अवार्ड पाएकी छन् । 

लाइफटाइम एचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu