site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये नौ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । आठले ब्याजदर स्थिर राखेका छन् । तीन वाणिज्य बैंकले भदौको तुलनामा ब्याजदर बढाएका छन् ।

यसरी ब्याजदर बढाउनेमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक छन् । कृषि विकास बैंकले ०.००७२ प्रतिशत विन्दुुले ब्याजदर वृद्धि गरेको छ । हिमालयन बैंकले एक प्रतिशत विन्दुले ब्याजदर वृद्धि गरेको छ । नेपाल एसबिआई बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको सोमबार सार्वजनिक विवरणले देखाएको छ । सर्वाधिक ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । यो बैंकले भदौमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १.०७ प्रतिशत विन्दुले घटाएको छ ।

असोजमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपकर्तालाई ७.१८ प्रतिशत ब्याज दिने भएको छ । अन्य बैंकले भने ७ प्रतिशतभन्दा तल ब्याज दिने भएका हुन् ।

असोजमा एनआईसी एशिया बैंकले अरू बैंकभन्दा बढी ब्याज दिने भएपछि भदौको तुलनामा यो बैंकको ब्याजदर सस्तो हो । भदौमा यो बैंकको मुद्दती निक्षेपमा अधिकतम ब्याज ७.४१ प्रतिशत थियो ।

माछापुच्छ्रे, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् ।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् । तरलता सहज नहुने बैंकले भने ब्याजदर अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले बढाएर निक्षेप तान्न खोज्छन् ।

dfa-1726464669.PNG

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro