site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलक्षित प्रचण्डको कटाक्ष– गधालाई गाई बनाउन खोजेँ, मूर्ख म आफैँ भएँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूर्ख बनाएको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताएका हुन् ।

"खासगरी एमाले नेतृत्वको नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्वको अझ एमालेको प्रमुख नेताले यो संविधान कतिबेला च्यात्ने होला भन्ने बाहेक अरू भएको मैले बुझिनँ । मैले उहाँसँग मिलेर वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिमहरू उठाएँ, खतरा मोलेँ । तर, जति धोए पनि गधालाई गाई बनाउन सकिने थिएन । मूर्ख त मै भएँ," उनले भने ।

Dabur Nepal
NIC Asia

उनले प्रतिक्रियावादी र अवसरवादीले माओवादी र जनताविरुद्ध षड्यन्त्र गरिरहेको पनि बताए । उनले अब आफू सरकारमा जान समीकरण बनाउने खेलमा नलाग्ने पनि बताए ।

"यो सरकार धेरै जाने स्थिति कतैबाट पनि छैन । तर, हामी समीकरण बनाउनेतिर लाग्दैनौँ । हामी जनतामै जान्छौँ । हामी यो खेलमा अब छैनौँ," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro