site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
Tiktok banner adTiktok banner ad

वीरगन्ज । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानास्थित तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै आएको बाढीले तिलावे पुलको फाउन्डेसनसँगै रहेको स्पान (पिलर)मा क्षति पुगेपछि जोखिमयुक्त बनेको हो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउन्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए । “पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउन्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ,” उनले भने, “तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रूपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रूपमा जानकारी गराइसकेका छौँ ।”

प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताए ।

सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी नरहेको स्पष्ट पारे । “तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ,” उनले भने, “सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।”

उनले बाराको सिम्रनगढदेखि पर्साको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाइएको बताए ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वर्षौँदेखिको जीर्ण पुल भएकाले मर्मतसम्भारभन्दा नयाँ निर्माण गर्दा राम्रो हुने उल्लेख गरे । “स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ,” उनले भने, “पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro