site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भेनेजुएलाका राष्ट्रपतिको हत्याको षड्यन्त्र आरोपमा ६ जना पक्राउ, ४०० अमेरिकी राइफल जफत
निकोलस मादुरो । फाइल तस्बिर : एपी ।

काठमाडौं । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोको हत्याको षड्यन्त्र रचेको आरोपमा अमेरिकी नेभी सिल कमान्डोसहित ६ विदेशी नागरिक पक्राउ परेका छन् ।

समाचार संस्था सीएनएनका अनुसार, भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले उक्त षड्यन्त्र अमेरिकी गुप्तचर एजेन्सी सीआईएले रचेको जिकिर गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मादुरोले कमान्डोबाहेक थप दुई अमेरिकी नागरिक, दुई स्पेनी र चेक गणतन्त्रका एक व्यक्तिलाई पक्राउ गरिएको बताए । अधिकारीहरूले ४०० अमेरिकी राइफल पनि बरामद गरेका छन् ।

भेनेजुएलाका गृहमन्त्री काबेलोले स्पेनको राष्ट्रिय गुप्तचर केन्द्र पनि सीआईएसँग मिलेको आरोप लगाएका छन् । अमेरिकी विदेश मन्त्रालयले भने भेनेजुएलाको आरोप अस्वीकार गरेको छ ।

अमेरिकी नागरिकको गिरफ्तारीसँग सम्बन्धित आवश्यक सूचना संकलन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

स्पेनको विदेश मन्त्रालयले पनि भेनेजुएलाबाट पक्राउ परेका नागरिकसँग सम्बन्धित जानकारी मागेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro