site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनआरएनए अधिकारिकता विवाद : आरके शर्माको रिट न्यायाधीश ढकालको इजलासमा 

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादसम्बन्धी रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

गैरआवासीय नेपाली संघको आधिकारिक पक्ष आफू भएको दाबी गर्दै राजेन्द्रकुमार (आरके) शर्मा पक्षले दायर गरेको रिट ढकालको इजलासको चौथो नम्बरमा परेको छ ।

शर्मा पक्षले आफू आधिकारिक भएको भन्दै यही भदौ २६ गते रिट दर्ता गराएको थियो । उक्त रिटको पेसी यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएकामा ‘हेर्न नमिल्ने’ भएर स्थगित भएको थियो ।

एनआरएनएको विवादमा सर्वोच्चले यसअघि दुई फैसला गरिसकेको छ । एउटा फैसलामा दुई कार्यकालअघिको कार्यसमितिमार्फत पूर्वअध्यक्षहरूको समितिबाट अर्को निर्वाचन गराएर वैधानिक कार्यसमिति ल्याउन भनिएको थियो । दोस्रो फैसलामा वर्तमान दुई कार्यसमितिमध्ये निर्वाचित भएर आएको भन्दै बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलिदिएको थियो ।

उक्त फैसलाले आफूलाई मर्का परेको भन्दै अरके पक्षले अर्को रिट दायर गरेको हो । शर्मा पक्षले सर्वोच्चको पछिल्लो फैसलाले वैधानिक प्रश्न उठाएको उल्लेख गरेको छ ।

१०औँ अधिवेशन वैधानिक नभएपछि त्यही कार्यसमितिका सदस्य ११औँ महाधिवेशनमा प्रतिनिधि भएर गराएको निर्वाचनले कसरी वैधानिकता पाउँछ भन्ने उक्त पक्षको प्रश्न छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro