site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एसआर–६ को बिजुली भारत लैजान लाइन प्रयोगको प्रस्ताव 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । भारतीय कम्पनी एनएचपीसीले राष्ट्रिय प्रसारण ग्रीड कम्पनीसँग प्रसारण लाइन प्रयोगको प्रस्ताव राखेको छ । 

एनएचपीसीले वेस्ट सेती–६ (एसआर–६) बाट उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाउने प्रसारण लाइन प्रयोग गर्ने प्रस्ताव गरेको हो । 

नेपाली जलविद्युतमा तीन आयोजनाको १६८० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरेको एनएचपीसीले एसआर–६ को पनि बिजुली प्रसारण गर्नको लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको प्रसारण लाइन प्रयोगको प्रस्ताव गरेको हो । 

Dabur Nepal
NIC Asia

यसमा उसले ह्विलिङ चार्ज तिर्ने गरी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । 

“एनएचपीसीले निर्माणको जिम्मा लिएको फुकोट कर्णाली र पश्चिम सेतीको त सम्झौता भइसक्यो । अहिले उनीहरुले एसआर–६ को लागि प्रस्ताव राखेको छ । यसमा कर्णाली करिडोर प्रसारण लाइनमा सम्झौता हुन्छ” उनले भने । 

एसआर–६ बाट उत्पादन भएको बिजुली ग्रीड कम्पनीलाई ह्विलिङ चार्ज तिरेर दोधार सबस्टेसनसम्म लैजानको लागि प्रस्ताव राखेको ज्ञवालीले जनाए ।  एनएचपीसीले नेपालमा ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाट सेती नदी ६ (एसआर सिक्स) तथा ४८० मेगावाटको फुकोट कर्णाली बनाउनेछ । 

फुकोट कर्णाली विद्युत् उत्पादन कम्पनी र एनएचपीसी मिलेर बनाउने सहमति छ । यस्तै पश्चिम सेती र एसआर–६ भने एनएचपीसी एक्लैले बनाउने छ ।  प्रसारण लाइन निर्माण नगरी ग्रीड कम्पनीको प्रसारण लाइनको प्रयोग गर्ने प्रस्तावले एनएचपीसीको ठूलो रकम र समय बचत हुने उनको भनाइ छ । 

अर्को भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले संखुवासभामा निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि आफ्नै प्रसारण लाइन बनाएको छ ।  एसजेभीएनले आफ्नै प्रसारण लाइन निर्माण गरिरहेको छ । अरुण तेस्रो आयोजनामा ८० प्रतिशतको हाराहारीमा सम्पन्न भएपनि प्रसारण लाइनतर्फ भने ४५ प्रतिशतमात्रै छ ।

सो प्रसारण लाइनमा  संखुवासभा तथा भोजपुरका कोही स्थानमा टावर निर्माण गर्न सकिएकौ छैन ।  प्रसारण लाइनको मुआब्जा विवाद समाधान नभएपछि आयोजनाको उत्पादन मिति एक वर्ष पछि धकेल्लिएको छ ।

यसअघि सन् २०२४ मै उत्पादन गर्ने मिति तय गरेको आयोजनाको प्रसारण लाइनमा अपेक्षित प्रगति नभएपछि २०२५ को अन्त्य पुर्‍याएको छ  । 

अरुण तेस्रो आयोजना प्रसारण लाइनतर्फ १८ वटा टावर निर्माणमा समस्या रहेको नेपाली समन्वयकर्ता लगानी बोर्डको कार्यालयले जनाएको छ । एनएचपीसीले प्रसारण लाइन निर्माण नगरी समय र लगानी बचत गरेको  ग्रीड कम्पनीका सीईओ ज्ञवाली बताउँछन् । 

एनएचपीसीले प्रसारण लाइन बुकिङ गरेपछि ग्रीड कम्पनीले पनि प्रसारण लाइनलाई तीव्रता दिने उनको भनाइ छ  । 

“प्रसारण लाइन बुकिङ भएपछि हामीलाई समयमै सम्पन्न गर्न प्रेसर पनि भयो । यसले विद्युत् उत्पादक र प्रसारककर्ता दुवैलाई फाइदा हुने काम पनि भयो,” उनले भने । 

उसो त नेपालमा प्रसारण लाइन निर्माण गर्न निकै ठूलो चुनौती छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको अधिकांश प्रसारण लाइन समयमा निर्माण हुन सकेका छैनन् । 

प्रसारण लाइन समयमै निर्माण हुन नसकेका कारण रसुवा चिलिमे जलविद्युत् कम्पनीको २१३ मेगावाट बिजुली खेर गइरहेको छ । 

१०२ मेगावाटको मध्य भोटेकोसी तथा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका बिजुली प्रसारण लाइन नभएकै कारण उत्पादनमा जान सकेका छैनन् । लामो समयदेखि अवरोध भएको मध्य भोटेकोसीको प्रसारण लाइनमा केही साता अघि मात्रै सहमति भएको छ । 

रसुवागढीको लागि चाहिने प्रसारण लाइन दसैंअघिसम्म सक्ने गरी काम भइरहेको प्राधिकरणको भनाइ छ । 

४६ सय ३९ मेगावाट निर्माणमा भारतीय कम्पनी 

भारतीय कम्पनीले नेपालमा ४६ सय ३९ मेगावाट विद्युत् निर्माण जिम्मा लिएको छ ।  भारतीय कम्पनीले एक्लै र संयुक्त रुपमा निर्माण गर्ने गरी ४६ सय ३९ मेगावाट बिजुली निर्माण जिम्मा पाएको छ ।

जसअनुसार माथिल्लो कर्णाली ९०० मेगावाट, अरुण तेस्रो ९०० मेगावाट, पश्चिम सेती ७५० मेगावाट, सेती नदी–६ (एसआर–६) ४५० मेगावाट, अरुण चौथो ४९० मेगावाट, तल्लो अरुण ६६९ र फुकोट कर्णाली ४८० मेगावाट रहेका छन् । 

मुख्य गरी दुई भारतीय कम्पनी एसजेभीएन र एनएचपीसीले ठूला आयोजना लिएका छन् ।  एनएचपीसीले १६८० मेगावाट तथा एसजेभीएनले २९५९ मेगावाट बनाउन लागेका हुन् ।  एसजेभीएनले भर्खरै माथिल्लो कर्णाली बनाउने सम्झौता गरेको छ । गान्धी मल्लिकार्जुन राव (जीएमआर) ले स्रोत जुटाउन नसकेपछि ३४ प्रतिशत सेयर एसजेभीएनले किनेको थियो । 

यस्तै इन्डियन रिन्यूवेवल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा)ले ५ प्रतिशत माथिल्लो कर्णालीको सेयर किनेको थियो ।  माथिल्लो कर्णालीमा एसजेभीएन र जीएमआरको ३४–३४ प्रतिशत, इरेडाको ५ प्रतिशत तथा सरकारको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणको सेयर हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu