site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले भने, “सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।”

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमानदारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै उनले यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले भने, “देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।”

विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासीन सबै धर्मगुरुले शान्तिका प्रतीक परेवाहरू उडाएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro