site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विहे गर्नु र मिल्न नसक्नु अपराध हो ? : धनराज गुरुङ, संसदीय छानबिनका लागि तयार 

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेको आरोपमा संसदीय छानबिन समिति आवश्यक देखिए बनाउन तयार रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन ?,” उनको प्रश्न थियो, “भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन ? विवाह गर्नु अपराध हो ? मिल्न नसक्नु अपराध हो ? त्यो पनि होइन ।”

नेलशन मन्डेलाको पनि सम्बन्ध विच्छेद भएको उदाहरण दिँदै उनले भने, “नक्कली भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ । १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु ।”
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्