site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सोमबारदेखि दिपल एक्सचेन्ज कानिर्भल, शीर्ष ६ रिकन्डिसन हाउसबाट पुरानो गाडीको ‘बेस्ट भ्यालुएसन’ हुने

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आगामी ३१ भदौ (सोमबार)देखि असोज ३ गतेसम्म काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेन्ज कानिर्भल’ गर्ने भएको छ ।

इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभीह खरिद गर्न सक्ने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिपलमा अपग्रेड हुने मौका

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रिबजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम ईभी एस०७ खरिद गर्न सक्ने छन् । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने छन् । साथै, थप एक्सचेन्ज बोनस पाउन सकिने छ ।

यसबाहेक, एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज पाइने छ । जसमा तीन किलोवाटको ट्राभल चार्जर र सात किलोवाटको होम चार्जर पाइने छ । साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पाउन सक्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्