देश
काठमाडौं । बर्दियास्थित बबई नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ । बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
"भदौ २८, बिहान ३:५० बजे । बर्दिया स्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाइराखौँ," विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ ०५:५४
प्रतिक्रिया दिनुहोस्