site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशंकर
फाइल तस्बिर ।

जेनेभा । भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताएका छन् ।

उनले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको संघर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताए ।

विदेशमन्त्री जयशंकरको उक्त टिप्पणी जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा आएको हो ।

“यो (भारत–चीन सम्बन्ध) अत्यन्तै जटिल सम्बन्ध हो । इतिहासमा यिनीहरूको खराब समय थियो, उनीहरू दुवै पुनर्जीवित भइरहेका छन् र एक किसिमले कायाकल्प गरिरहेका छन्, उनीहरू एक मात्र दुई देश हुन् जसको जनसंख्या एक अर्बभन्दा धेरै छ,” उनले भने, “कुनै मुलुकको उदय हुँदा यसको प्रभाव छिमेकमा पर्छ र यी दुवै मुलुकलाई एकअर्काको छिमेकी भएको सम्मान पनि प्राप्त हुन्छ, त्यसैले मैले जटिल जस्तो सुरक्षित अभिव्यक्ति शब्द किन चयन गरेँ भन्ने तपाईं समग्रतामा बुझ्न सक्नुहुन्छ ।”

उनले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको बारेमा बताए । “अतीतमा हाम्रो सम्बन्ध सहज थिएन, सन् २०२० मा जे भयो त्यो धेरै सम्झौताको उल्लंघन थियो, चीनले ठूलो संख्यामा सैनिकहरूलाई वास्तविक नियन्त्रण रेखामा बढायो । चीनसँग सीमा वार्तामा केही प्रगति भयो,” उनले भने ।

उनका अनुसार सैनिक फिर्तीको ७५ प्रतिशत समस्या समाधान भइसकेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार विशेष रूपमा भारत र चीनले अगस्ट २९ मा बेइजिङमा डब्लुएमसिसीको ३१औँ बैठक गरेका थिए र दुवै पक्षले सान्दर्भिक द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार संयुक्त रूपमा सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्ने निर्णय गरेका थिए ।

विदेशमन्त्रीले सीमा मुद्दाबाहेक दुवै मुलुकले प्रविधि, दूरसञ्चार र डिजिटलसहित अन्य क्षेत्रमा पनि कठिनाइको सामना गरेको बताए । “मलाई लाग्छ भारत–चीन सम्बन्धमा ठूला मुद्दाहरू छन्, व्यापार मुद्दामा हाम्रो लामो संघर्ष छ, चीनसँग आर्थिक सम्बन्ध अत्यन्त अन्यायपूर्ण छ,” उनले भने “यो धेरै असन्तुलित छ, हामीसँग त्यहाँ बजार पहुँच छैन, भारतमा उसको बजारसम्म राम्रो पहुँछ छ, प्रविधि, दूरसञ्चार, डिजिटलजस्ता विभिन्न क्षेत्रमा आज हाम्रा धेरै चिन्ता छन् ।” रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro