site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल ल्युब आयलको एफपीओ र लाभांश प्रस्ताव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको ३० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभाको मिति घोषणा गरिएको छ । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पनि गरिएको छ । यो प्रस्ताव आउँदो असोज १८ गतेका निम्ति तय साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, उक्त साधारणसभाबाट एफपीओ निष्सकासनको प्रस्ताव पारित भएपछि प्रक्रिया अगाडि बढाइनेछ ।

साधारणसभा प्रयोजनका निम्ति कम्पनीले असोज ४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । असोज ३ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro