site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजियो : सांसद दाहाल
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको उल्लेख गरे ।

उनले माओवादी जनयुद्धकै कारण देशमा असाधारण परिवर्तन आएको भन्दै जनयुद्धलाई अस्वीकार गर्नु भनेको व्यवस्था र परिवर्तनलाई नै अस्वीकार गरेको जिकिर गरे । कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्