site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘यागी’ चक्रवातले भियतनाममा निम्त्याएको विनाश, काई प्रान्तको पहाडी गाउँ ध्वस्त

हनोई । विनाशकारी ‘यागी’ चक्रवात पछिको वर्षाका कारण आएको पहिरोबाट भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नूमा ठूलो क्षति भएको छ । 

भियतनामी सञ्चारमाध्यमका अनुसार, पहिरोमा परी लाङ नू गाउँका २२ जनाको मृत्यु भएको छ । अन्य ७३ जना अझै बेपत्ता छन् ।

सरकारी अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन् । लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन् ।

भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानले भने, "यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो । पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ । हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो ।"

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो । नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवक तैनाथ गरिएको छ । 

हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा छन् । भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको संख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ ।

त्यसैगरी, छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ । उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ । 

म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ । एएफपी/रासस

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro