site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिमा क्रान्ति आवश्यक : मन्त्री अधिकारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक उथलपुथल र परिवर्तन धेरै भए पनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले कृषि विकासमा कमजोर महसुस गरिरहेको बताए । किसानहरूले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिए । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न र अनुकूलित कृषि खेतीका लागि नवीनतम् प्रविधिको विकास गर्न आवश्यक रहेको औंल्याए ।

"तपाईं हामीले देखेको र भोगेको धेरै राजनीतिक उथलपुथल र परिवर्तन भयो । अझै हामीले कृषिमा क्रान्ति गर्न सकेका छैनौँ । ठूलो परिवर्तन हामीले ल्याउन सकेका छैनौँ । कृषि विकासमा हामी कमजोर महसुस गरिरहेका छौँ," उनले भने, "किसानहरूले कृषि उत्पादन सामग्री समयमा पाउन सकेका छैनन् । उन्नत प्रविधि किसानको खेतबारीमा पुर्‍याउन सकिएको छैन । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन हामीले सकिरहेका छैनौँ ।"

मन्त्री अधिकारीले तल्लो तहको किसानसँग कसरी पुग्ने भन्नेबारेमा आफूहरू गम्भीर रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro