site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ बेपत्ता
तस्बिर : एएफपी ।

हनोई । भियतनामको उत्तरी क्षेत्रमा ‘सुपर टाइफुन’ यागीसँगै आएको बाढीपहिरोमा परी ६५ जनाको मृत्यु भएको छ । ३९ जना बेपत्ता रहेका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

चक्रवातका कारण ७५२ जना घाइते भएका जनाइएको छ । मंगलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्ड पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्च चेतावनी जारी गरिएको छ ।

हनोईको रेड नदीको बढ्दो जलस्तरले सोमबारदेखि सहरका विभिन्न क्षेत्रमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले चक्रवातबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्ट्याउने निर्णय गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro