अर्थ व्यवसाय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् ।
सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी निर्देशक दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, "संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन । अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु ।"
उनले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ २०:१८
प्रतिक्रिया दिनुहोस्