site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतले राज्य चलाउन थाल्यो : राजेन्द्र पाण्डे 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले अदालतले राज्य चलाउन थालेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले अदालतले आफ्नो सीमा बुझेर काम गर्नुपर्ने पनि बताए ।

“सरकारले बनाउने मापदण्ड अब अदालतले बनाउन थाल्यो । अब अदालतले राज्य चलाउन थाल्यो । यो उचित भएन । अदालतले आफ्नो सीमा बुझेर काम गर्न जरुरी छ,” उनले भने ।

पाण्डेले उपत्यकाका खोला आसपास थप २०/२० मिटर खाली गर्नुपर्ने आदेश कार्यान्वयन गराउँदा स्कुल, मन्दिर पनि भत्काउनुपर्ने अवस्था आएको बताए । अदालतले मुआब्जा दिनू भने पनि कहाँको रकमले दिने भन्दै उनले प्रश्न गरे ।

उनले अदालतको उक्त फैसलाविरुद्ध पुनरवलोकनमा जान सरकारलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro