site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार

काठमाडौं । एलजीले दसैँतिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ नामक योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।

एलजी ओलेड भीभी, एलजी क्युनेड टीभी, एलजी यूएचडी टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

Dabur Nepal
NIC Asia

यस्तै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, २८५ लिटरभन्दा माथिको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा मिक्सर वा फ्यान हिटर, २८५ लिटरसम्मको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा भ्याकुम फ्लास्क वा प्रेसरकुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क प्रप्त गर्न सक्नेछन् ।

एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा चार केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा दुई प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट प्राप्त गर्न सक्नेछन् ।

एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले फ्री इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ ।

“हामी नेपाली उपभोक्ताहरूलाई हाम्रो एलजी उत्पादनहरूमार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,” सीजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारीले भने, “यस पर्वको अवसरमा हामीले एलजीसँग खुसीको पल अभियानमार्फत नेपाली परिवारहरूको खुसियालीमा थप उत्साह भर्न चाहेका छौँ ।”

यसका साथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामान एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाइड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ ।

यो योजना यही भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिका निम्ति लागु गरिएको छ । एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro