site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कानुन कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा विशेषज्ञता, असल अभ्यास एवं आपसी सूचना आदानप्रदान गरिनुपर्नेमा जोड दिए । समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संगठित, साइबर, आतंकवादलगायत अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro