site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने, पायो ५० सिट

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका निम्ति ५० सिट निश्चित गरेको छ । ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने रजिस्ट्रार श्याम लम्सालले बताए ।

प्रतिष्ठानले करिब सात वर्षपछि एमबीबीएस पठनपाठनका निम्ति आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ । एमबीबीएस पढ्नकै निम्ति जिल्लाबाहिर जानुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।

Argakhachi Cement Island Ad

“एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो,” उनले भने, “यो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुंगा सावित हुनेछ ।”

लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा यसअघि जिल्लामा व्यापक आवाज उठाइने गरेको थियो । बर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो । रासस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्