site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिर्ता भयो 'फेसबुकले हटाएको' बालेनको स्टाटस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटस फिर्ता भएको छ । बालेनले आफूहरूको अनुरोध गरेपछि फेसबुकले पोस्ट फिर्ता गरेको बताएका छन् ।

आफ्नो स्टाटस फेसबुकले फिर्ता गरेको प्रमाणस्वरूप बालेनले कमेन्ट बक्समा एउटा स्क्रिनसट राखेका छन् । जहाँ फेसबुकले आफूहरूले पोस्टलाई फेरि रिभ्यू गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको नदेखिएको बताएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत मंगलबार (भदौ १८ गते) अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका थिए । त्यसपछि बालेनका समर्थकहरूले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका थिए ।

गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

Royal Enfield Island Ad

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro