site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माण्डु हाइड्रोपावरले नगद लाभांश दिने
Dabur Nepal
NIC Asia

काठमाडौं । माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत असार मसान्तसम्मको चुक्तापुँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश करसहित हुने कम्पनीले जनाएको छ । उक्त लाभांश कम्पीको १३औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्ने छन् । तर, साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीले असोज १४ गते साधारण सभा गर्ने घोषणा गरेको छ । उक्त साधारण सभा प्रयोजनका लागि भदौ ३१ गते एकदिन बुक क्लोज गरिएको छ । भदौ ३० गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने सेयरधनीहरूले एक कित्ता सेयर बराबर १२ रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro